Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

गगनको प्रष्टीकरण: हतार र हतासमा राजीनामा दिएको थिइनँ, ममाथि कुनै दबाब थिएन

गगनको प्रष्टीकरण: हतार र हतासमा राजीनामा दिएको थिइनँ, ममाथि कुनै दबाब थिएन


  • 645
    Shares

    • images
    गगनको प्रष्टीकरण: हतार र हतासमा राजीनामा दिएको थिइनँ, ममाथि कुनै दबाब थिएन

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूले कुनै हतार र हतासमा आएर राजीनामा नदिएको प्रष्टीकरण दिएका छन् ।

    मंगलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीको विधान अनुसार आफूले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा पेश गरेको जिकिर गरे ।

    उनले यो कुनै दबाब र ग्लानीको विषय नभएको भन्दै जवाफदेहीतालाई ध्यानमा राख्दै राजीनामा दिएको बताए ।

    ‘मैले कुनै हतारोमा आएर राजीनामा दिएको पनि होइन । हतास भएर राजीनामा दिएको पनि होइन । विशेष महाधिवेशन नगरी निर्वाचनमा गएका थियौं भने त्यो निर्वाचनमा हामीले कसरी सामना गर्नुपर्थ्यो भन्ने कुरा निर्वाचित भएका र हामी निर्वाचित नभएकाले पनि बुझेका छौं,’ थापाले भने ।

    साथै, उनले विशेष महाधिवेशन गरेर कमजोरी गर्‍यौं कि भन्ने कुरामा अलमलिएर आफू राजीनामाको निर्णयमा नपुगेको जिकिर गरे ।

    प्रकाशित मिति :चैत्र १० २०८२ मंगलवार - १४:०६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij