Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

तीन दिनपछि हट्यो कपिलवस्तुको निषेधाज्ञा

तीन दिनपछि हट्यो कपिलवस्तुको निषेधाज्ञा


  • 554
    Shares

    • images
    तीन दिनपछि हट्यो कपिलवस्तुको निषेधाज्ञा

    काठमाडौं । कपिलवस्तुमा तीन दिनदेखि लगाइएको निषेधाज्ञा मंगलबार बिहानबाट हटाइएको छ।

    आज बिहान निषेधाज्ञा हटाएसँगै जनजीवन सामान्य बन्दै गएको छ। महाराजगन्ज नगरपालिका-२, वरदवा क्षेत्रका बजार व्यवसाय खुल्न थालेका छन्।  

    चैत ७ गते चर्को आवाजमा भजन गरेको विषयलाई लिएर स्थानीय बासिन्दाबीच विवाद भएको थियो। विवाद बढ्दै जाँदा दुई समुदायबीच झडपका भएको थियो। 

    तनाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले चैत ७ गतेदेखि दिउँसोदेखि नै निषेधाज्ञा जारी गरेको थियो। स्थायी नियन्त्रणमा लिन तीन दिनसम्म निषेधाज्ञा यथावत राखिएको थियो।  

     

    प्रकाशित मिति :चैत्र १० २०८२ मंगलवार - १३:०९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij