Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

रुपन्देहीमा ६० वर्षीया वृद्धाको हत्या, १५ वर्षका किशोर पक्राउ

रुपन्देहीमा ६० वर्षीया वृद्धाको हत्या, १५ वर्षका किशोर पक्राउ


  • 568
    Shares

    • images
    रुपन्देहीमा ६० वर्षीया वृद्धाको हत्या, १५ वर्षका किशोर पक्राउ

    काठमाडौं । रुपन्देहीको शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या अभियोगमा इलाका प्रहरी कार्यालयले १५ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार यही चैत २ गते राति आफ्नै पसलमा सुतिरहेकी पटवालाई कैँचीले हानेर हत्या गरिएको थियो।

    घटनामा संलग्न आरोपमा पक्राउ परेका किशोर मृतककै छिमेकी हुन्। किशोरले लागुऔषध किन्न पैसा अभाव भएपछि चोरी गर्ने उद्देश्यले पसलमा प्रवेश गरेको र सो क्रममा विवाद हुँदा हत्या गरेको बयान दिएका बताइएको छ।

    प्रहरीका अनुसार मध्यरातमा भएको उक्त घटनामा किशोरले मृतकको टाउको, अनुहार र घाँटीमा अन्धाधुन्ध कैची प्रहार गरेका थिए। घटनापछि फरार रहेका किशोरलाई प्रहरीले गत शनिबार नियन्त्रणमा लिएको हो।

    जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

     

    प्रकाशित मिति :चैत्र १० २०८२ मंगलवार - ११:१६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij