२०८२ चैत्र ९ गते सोमवार
काठमाडौं । रत्ननगर नगरपालिका-९ निपनीमा आज ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-७ का अन्दाजी ३५ बर्षीया मीना रेग्मी रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक रिजालका अनुसार खैरहनीबाट भरतपुरतर्फ आउँदै गरेको लु२ख २८९४ नम्बरको ट्याङ्करले भित्री सडकबाट निस्किँदै गरेको ना५५प ०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट स्कुटरको पछाडी सवार रेग्मीको मृत्यु भएको हो । सो ट्याङ्करले रोकि राखेको ना ६५प ७८८३, ना ५५ प ८०८३ नम्बरको मोटरसाइकल र एउटा साइकललाई समेत ठक्कर दिएको थियो ।
स्कुटर चालक भरतपुर महानगरपालिका-७ का पूर्ण सापकोटा सामान्य घाइते भएको प्रहरी निरीक्षक रिजालले जानकारी दिए । राप्ती नगरपालिका-७ का २४ वर्षीय सुजन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij