२०८२ चैत्र ९ गते सोमवार
काठमाडौं । मधेस प्रदेशका पूर्व राज्यमन्त्री तथा निलम्बित सांसद सरोज कुमार सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ । सोमबार सरकारी वकीलको तर्फबाट मुद्दाको सुनुवाइ स्थगित गराइएको हो ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र विदुर कोइरालको इजलासमा उक्त मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागदाबी गरेको छ । उपभोक्ता समितिका खातामा जम्मा भएको रकम आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थमार्फत झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा गरी हिनामिना गरेको अभियोग आयोगले लगाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij