२०८२ चैत्र ९ गते सोमवार
काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका-३ तिनाउ नदी जलविद्युतको बाँध क्षेत्रमा नुहाउने क्रममा डुबेर एक भारतीय युवाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार, भारतबाट नेपाल घुम्न आएका ७ जनाको टोलीमध्ये दुईजना आइतबार दिउँसो ४ बजेतिर नुहाउने क्रममा तिनाउ नदीले बगाएर बेपत्ता भएका थिए ।
खोजतलासका क्रममा सोमबार बिहानतिर अमान अन्सारीको शव घटनास्थलबाट करिब १०० मिटर तल फेला परेको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी होम प्रकाश चौधरीले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा भारतको उत्तर प्रदेश,सन्तकबिर नगर,मेधावल ठाकुरद्वार नगर पञ्चायत वडा नं. १८ बस्ने १७ वर्षीय अमान अन्सारी रहेका छन्। सोही ठाउँका १७ वर्षीय फहरान अन्सारी वेपत्ता छन् । घुम्न आएका टोलीका अन्य ५ जना सदस्यहरू भने सकुशल रहेका छन् । प्रहरीले बेपत्ताको खोजि जारी राखेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij