२०८२ चैत्र ९ गते सोमवार
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सोमबार लागि देशका प्रमुख शहरहरूको तापक्रम पूर्वानुमान सार्वजनिक गरेको छ। विवरण अनुसार आज विराटनगर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
यस्तै संघीय राजधानी काठमाडौंको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियसको बीचमा रहनेछ। पर्यटकीय शहर पोखरामा अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस रहने पूर्वानुमान छ।
यसैगरी जोमसोममा न्यूनतम तापक्रम १ देखि ३ डिग्री सेल्सियस र जिरीमा ३ देखि ५ डिग्री सेल्सियस रहनेछ। यस्तै, जुम्लामा न्यूनतम तापक्रम ४ देखि ६ डिग्री सेल्सियस रहने विभागले जनाएको छ।
यस्तै धरान र भैरहवामा पनि तापक्रम २९ डिग्री सेल्सियससम्म पुग्नेछ भने ओखलढुङ्गा र ताप्लेजुङ जस्ता पहाडी जिल्लाहरूमा मौसम तुलनात्मक रूपमा शितल रहने विभागले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij