Logo

२०८२ चैत्र ९ गते सोमवार

२०८२ चैत्र ९ गते सोमवार

फेक रेस्क्यु प्रकरणमा खोम अधिकारी पक्राउ

फेक रेस्क्यु प्रकरणमा खोम अधिकारी पक्राउ


  • 722
    Shares

    • images
    फेक रेस्क्यु प्रकरणमा खोम अधिकारी पक्राउ

    काठमाडौं । पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा पर्यटकको फेक रेस्क्यु गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा धादिङको धुवाकोट नगरपालिका–१४ घर भएका ३८ वर्षीय सन्तोष अधिकारी भन्ने खोमराज अधिकारी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको सीआईबीका एआईजी डा।मनोज केसीले बताएका छन् ।

    मलेसियाबाट फर्किँदै गर्दा शनिबार पक्राउ गरेर प्रहरीले उनको बयान लिएर अदालतमा पेस गरेको छ । पर्यटकको फेक रेस्क्यु गरेर अवैध बिमा रकम दाबी गरेको कसुरमा ३२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा मुद्दा दायर गरेको छ । 

    सन् २०२२ यता भएको फेक रेस्क्युमा ३३ जनाको संलग्नता देखिएको सीआईबीको अनुसन्धान निष्कर्ष छ  । तर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता रामहरि काफ्लेले आरोपीमध्येका राजेन्द्रबहादुर सिंहलाई मुद्दा नचलाउने निर्णय गरेका छन् ।

    हवाई व्यवस्थापन विज्ञ समेत रहेका सिंह फेक रेस्क्युमा संलग्न रहेको र उनले अन्य आरोपीलाई मुद्दाबाट बच्ने उपाय सिकाएको अडियो प्रहरीले अनुसन्धान प्रतिवेदन सँगै पेस गरेको थियो । 

    पर्यटकको फेक रेस्क्यु गरेर स्वास्थ्य बिमा दाबी गर्दै नाफा आर्जन गरेको आरोपमा १० जना पक्राउ परेका छन् । 

     

    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - ११:३२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij