Logo

२०८२ चैत्र ९ गते सोमवार

२०८२ चैत्र ९ गते सोमवार

कैफियत देखिएपछि सुन्धारास्थित मुम्बई जाइकालाई १० हजार जरिवाना

कैफियत देखिएपछि सुन्धारास्थित मुम्बई जाइकालाई १० हजार जरिवाना


  • 484
    Shares

    • images
    कैफियत देखिएपछि सुन्धारास्थित मुम्बई जाइकालाई १० हजार जरिवाना

    काठमाडौं । नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार एक फर्मलाई जरिवाना गरेको छ ।

    स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा कैफियत भेटिएपछि विभागले काठमाडौ. महानगरपालिका-२२ सुनधारास्थित मुम्बई जाइकालाई १० हजार जरिवाना गरेको हो । 

    विभागले आइतबार विभिन्न १३ वटा फर्ममा निरीक्षण गरेको थियो । सो फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

    तीमध्ये १२ वटा फर्मलाई सुधारात्मक निर्देशन दिएको छ । विभागले स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा अन्य सरोकारवालाको उपस्थितिमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको छ ।

     

     

    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - ११:१४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij