२०८२ चैत्र ९ गते सोमवार
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ ।
२९ सदस्यीय केन्द्रीय कार्यसमितिले आइतबार पूर्णता पाएको हो । सुरेन्द्रकुमार उप्रेती अध्यक्ष रहेको नाडाका अन्य पदाधिकारीमा निर्वतमान अध्यक्ष करणकुमार चौधरी,संस्थागत उपाध्यक्ष गणेशप्रसाद भट्टराई र भद्र भण्डारी छन् ।
उपाध्यक्षद्वयमा विक्रम सिंहानिया र अभिक ज्योती रहेको नाडाले उल्लेख गरेको छ । नाडाको महासचिवमा मिलनबाबु मल्ल छन् भने सचिवमा मेघराज पौड्याल रहेका छन् । कोषाध्यक्षमा पंकज अग्रवाल र सहकोषाध्यक्षमा निलमणी पाठक छन् ।
नाडामा संस्थागत सदस्यहरूमा प्रदेशबाट डिल्लीराम आचार्य,केदारकुमार अग्रवाल,दामोदर अटल,दिपेन्द्र कोइराला र पुष्कर ओझा छन् । नाडामा ११ जना साधारण सदस्यहरू रहेका छन् । जसमा अनुपकुमार बराल,तोयनाथ खनाल,दिपकराज गिरी रहेका छन् ।
यस्तै,दिवाकर मिश्र,नवराज भुसाल, नविनकुमार पारख,नारायणप्रसाद पौडेल सदस्य छन् । अन्य साधारण सदस्यहरुमा प्रकाश कपुरी, विकाश जोशी र विमल साह रहेका छन् । अध्यक्ष उप्रेतीले दिपककुमार अग्रवाल,महेश पाल र राजेशप्रसाद गिरीलाई सदस्यमा मनोनयन गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij