Logo

२०८२ चैत्र ९ गते सोमवार

२०८२ चैत्र ९ गते सोमवार

रुखबाट लडेर मृत्यु भएको भनिएका विकको हत्या भएको खुलासा

रुखबाट लडेर मृत्यु भएको भनिएका विकको हत्या भएको खुलासा


  • 127
    Shares

    • images
    रुखबाट लडेर मृत्यु भएको भनिएका विकको हत्या भएको खुलासा

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा एक महिनाअघि रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा भएको छ । 

    गत फागुन ७ गते दानाका २४ वर्षीय सौरव भनिने सुकमन विकको गैयाभाट जङ्गलमा घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको भनेर दाहसंस्कार गर्ने तयारी भएको थियो । घटनाबारे जानकारी पाएपछि मृतकको घरमा पुगेको प्रहरी टोलीले शव परीक्षणका लागि बेनी अस्पताल ल्याएको थियो । 

    शव परीक्षण प्रतिवेदन र घटनाको सुक्ष्म अनुसन्धानका क्रममा एक महिनापछि दानाका २२ वर्षीय प्रकाश विकले सौरवको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए । 'शनिबार पक्राउ परेका प्रकाशले प्रारम्भिक बयानमा सौरवको हत्या गरेको स्वीकार गरेका छन्' उनले भने,'मदिरा सेवनपछि भएको विवादले हत्याको रूप लिएको प्रकाशले स्वीकारेका हुन् । पारिवारिक सम्बन्धका कारण हत्याको घटना लुकाउने प्रयास भएको बुझिएको छ ।'

    ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धानका लागि प्रकाशलाई हिरासतमा राखिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।

    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - ०६:४५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij