Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

राष्ट्रिय सभा उपाध्यक्ष र समिति सभापतिको निर्वाचनबारे छलफल

राष्ट्रिय सभा उपाध्यक्ष र समिति सभापतिको निर्वाचनबारे छलफल


  • 554
    Shares

    • images
    राष्ट्रिय सभा उपाध्यक्ष र समिति सभापतिको निर्वाचनबारे छलफल

    काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा उपाध्यक्ष र समिति सभापतिको निर्वाचनबारे छलफल भएको छ । 

    अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकमा आगामी अधिवेशनको पूर्वतयारी, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष र समिति सभापतिको निर्वाचन, नवनिर्वाचित सदस्यहरूको समिति विभाजन लगायतका विषयमा छलफल भइरहेको अध्यक्ष दाहालको सचिवालयले जानकारी दिएको छ । 

    बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख सचेतक, सचेतक र प्रतिनिधिहरूको सहभागिता छ ।

     

    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - १६:२१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij