Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

पर्यटन मन्त्रालयका पूर्वसचिव अधिकारीसहित २१ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पर्यटन मन्त्रालयका पूर्वसचिव अधिकारीसहित २१ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर


  • 498
    Shares

    • images
    पर्यटन मन्त्रालयका पूर्वसचिव अधिकारीसहित २१ विरुद्ध  विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

    मुद्दा दायर भएकाहरुमा अधिकारीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, राजन पोख्रेल र प्रदीप अधिकारीसहित २१ जना छन्। 

    उनीहरुसँग ४६ करोड १५ लाख ८४ हजार ४ सय ३४ रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले मुद्दा चलाएको हो। 

    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा परामर्श सेवा खरिदमा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ। 

    अख्तियारले पहिलो मुद्दा दायर गर्दा नै पोखरा विमानस्थल निर्माणमा राजस्व छुटलगायतका विषयमा अनुसन्धान भइरहेको र छिट्टै मुद्दा दायर हुने भनि विवरण पेस गरेको थियो ।    

     

    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - १५:०५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij