Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

लागुऔषधसहित सात जना पक्राउ

लागुऔषधसहित सात जना पक्राउ


  • 512
    Shares

    • images
    लागुऔषधसहित सात जना पक्राउ

    काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ ।

    केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१० बाट एक जना, सुनसरीको इनरुवा नगरपालिका-४ बसचोकबाट दुई जना, धरान उपमहानगरपालिका-१५ बाट एक जनालाई खैरो हेरोइन र गाँजासहित गएराति उनीहरुलाई पक्राउ गरिएको हो ।

    झापाको विर्तामोड नगरपालिका-३ बाट एक जना, कञ्चनपुरको बेलौरी नगरपालिका-१० पन्तचोकबाट एकजना र कैलालीको धनगढी उपमहानगरपालिका-१० घुइयाबाट एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।

    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - १२:५२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij