Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ


  • 694
    Shares

    • images
    बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

    काठमाडौं । लेनदेन तथा बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । 

    जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लेनदेन बिगो मुद्दामा सिरहा जिल्ला अदालतले २०७९ साल माघ १७ गते दुई वर्ष कैद सजाय सुनाएका ४५ वर्षीय रामजनम यादव पक्राउ परेका हुन् ।

    सिरहाको कल्याणपुर नगरपालिका-१० निवासी यादवलाई छिमेकी विष्णुपुर गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी नजिक खाजा खान लागेको अवस्थामा शुक्रबार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।

    यस्तै, इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी करिब ४० वर्षीय प्रमोद साहलाई पनि पक्राउ गरेको छ । 

    जिल्ला अदालतको २०७९ साल पुस २९ गतेको फैसला अनुसार खोजीमा रहेका धनगढीमाई नगरपालिका-९, गोठचोक निवासी साहलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।    

    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - १२:०४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij