Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

सुनिल पौडेलसहित ६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा पेसी तोकियो

सुनिल पौडेलसहित ६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा पेसी तोकियो


  • 554
    Shares

    • images
    सुनिल पौडेलसहित ६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा पेसी तोकियो

    काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

    पूर्वाधारको आपूर्ति, डेलिभरी, स्थापना र सञ्चालनका लागि गुणस्तरहीन प्रोसेसर रहेको स्टोरेज आपूर्ति गरी १५ करोड ८८ लाख रुपैयाँ बराबरको भुक्तानी लिने दिने कार्य गरी भ्रष्टाचार गरेको आरोप उनीहरू विरुद्ध छ । 

    पौडेल र अन्य प्रतिवादीले आपूर्तिकर्ता कम्पनीसँगको मिलेमतोमा बदनियतपूर्वक निर्धारित सर्त र मापदण्डविपरीत गुणस्तरहीन सामग्री आपूर्ति गर्न दिएर झुट्टा कागजातका आधारमा भुक्तानी गरेको अख्तियारको आरोप छ । पौडेल सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले थप सजायको समेत माग दाबी गरिएको छ ।   

     

    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - ११:३९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij