Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

पाल्पामा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु

पाल्पामा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु


  • 358
    Shares

    • images
    पाल्पामा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु

    पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।  

    शनिबार साँझ भएको दुर्घटनामा ज्यान गुमाउनेहरुमध्ये अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धाराका २६ वर्षीय चिन्ताबहादुर सुनारको मात्र सनाखत भएको प्रहरीले जनाएको छ ।

    अर्घाखाँचीको शीतगङ्गा ४ सिद्धाराका चालक २६ वर्षीय  चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह २ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको मृत्यु भएको हो ।

    शनिबार बेलुका झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

    दुर्घटनामा चालकसहित चार जना पुरुष घाइते भएका थिए । घाइतेलाई तत्काल उपचारका लागि लुम्बिनी मेडिकल प्रभास पठाइएको थियो । उपचारका क्रममा तीन जना पुरुषलाई त्यतिबेलै चिकित्सकले मृत घोषणा गरेका थिए ।

    ३३ वर्षीय राजन चिदीलाई भने थप उपचारका लागि भैरहवा मेडिकल कलेज रुपन्देहीमा पठाइएकोमा उनको पनि उपचारका क्रममा मृत्यु भएको डिएसपी चौधरीले जानकारी दिए ।

    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - ०७:१२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij