२०८२ चैत्र ८ गते आइतवार
काठमाडौं । सत्तामा पुग्दै गरेका बालेन शाह बारे चासो हुनु स्वाभाविकै हो। तर सरकारको नेतृत्व गर्ने तयारीमा रहेका बालेन्द्र काठमाडौं महानगरको मेयर हुँदा सामाजिक सञ्जालमा जस्तो विन्दास देखिन्थे अहिले पनि उस्तै छन्। मेयर हुँदा विशेषगरि शनिवार बेलुका उनको सामाजिक सञ्जालबाट केही न केही सन्देशहरू सार्वजनिक हुन्थ्यो।
शनिवार सामाजिक सञ्जालमा केही न केही लेख्नेक्रमलाई निरन्तरतादिँदै उनले शनिवार बेलुका आफ्ना सहयोगी भिक्टर पौडेलको फेसबुक स्टाटसमा उनको शब्दबारे प्रतिक्रिया दिए। भिक्टरले अंग्रेजीमा 'Weather Change !' लेखेका थिए। त्यसको प्रतिउत्तरमा बालेनको अकाउन्टबाट रोमन नेपालीमा लेखियो 'रुटिनको इङ्लिस किन बर्बाद छ भनेको ओनरको यस्तो रैछ। फर्क अस्ट्रेलिया फेरि, सिकेर फर्क'।
त्यसको तल भिक्टरले लेखे 'हजुरका लागि वेदर च्यालेन्ज होला, हाम्रो लागि त चेन्ज नै हो।'
बालेनका मुख्य सहयोगीको रूपमा परिचित कुमार बेनले बालेनलाई मेन्सन गर्दै नेपाली सुधार्न सल्लाह दिए 'नेपालीहरूको नेपाली किन बर्बाद छ भने हुनेवाला प्रधानमन्त्रीको नेपाली यस्तो रहेछ। नेपाली क्लास जानु, सिकेर आउनु नेपाली युनिकोड।'
आगामी सरकार कस्तो बनाउने भन्ने गृहकार्यमा अति व्यस्त भएर आफ्नै दलका सांसदहरूको अभिमुखीकरण कार्यक्रममा समेत सहभागी नभएका बालेन्द्रसँग सरकार गठनबारे छलफल गर्न पार्टी सभापति रवि लामिछाने दुई उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्ले लिएर होटलमा गएका थिए। छलफलले सरकारको स्वरुप कस्तो बनाउने सहमति गर्यो खुलेको छैन।
बालेन भने यो व्यस्ततामा पनि आफ्ना निकटहरूसँग सामाजिक सञ्जालमा मुड फ्रेस गर्न जिस्कन हल्का समय निकालिरहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij