Logo

२०८२ चैत्र ७ गते शनिवार

२०८२ चैत्र ७ गते शनिवार

सुदन गुरुङले ज्ञापनपत्र बुझाएको नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन

सुदन गुरुङले ज्ञापनपत्र बुझाएको नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन


  • 323
    Shares

    • images
    सुदन गुरुङले ज्ञापनपत्र बुझाएको नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन

    काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)मा भएको भ्रष्टाचारको छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अध्ययन समिति गठन गरेको छ। 

    मन्त्रालयको सचिव स्तरीय निर्णयबाट पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको हो। अध्ययन समितिलाई ३० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन म्याद दिइएको छ। 

    नेपाल एयरलाइन्सको वेथिति र जहाजमा भएको भ्रष्टाचार लगायतको विषयमा प्रमाण संकलन, अध्ययन एवं छानबिन गरी कार्यान्वयनको कार्यायोजनासहितको प्रविनेदन बुझाउन कार्यादेश दिइएको छ। 

    एयरलाइन्समा भएको भ्रष्टाचारको छानबिन गर्न माग गर्दै प्रतिनिधि सभाका नवनिर्वाचित सांसद सुदन गुरुङले गत फागुन २८ गते ज्ञापनपत्र बुझाएका थिए। उनले जहाज खरिददेखि मर्मतसम्मका कार्यमा भ्रष्टाचार भएको भन्दै केही प्रमाण पनि बुझाएको जनाएका थिए। 

    प्रकाशित मिति :चैत्र ७ २०८२ शनिवार - १९:२३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij