Logo

२०८२ चैत्र ६ गते शुक्रवार

२०८२ चैत्र ६ गते शुक्रवार

नारायणघाट-बुटवल सडकखण्डमा राति सवारी आवागमनमा रोक

नारायणघाट-बुटवल सडकखण्डमा राति सवारी आवागमनमा रोक


  • 274
    Shares

    • images
    नारायणघाट-बुटवल सडकखण्डमा राति सवारी आवागमनमा रोक

    नवलपरासी । वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्ड अन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ । वर्षाका कारण हुनसक्ने दुर्घटना र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले रातिको समयमा ठूला सवारीसाधन सञ्चालनमा आंशिक रोक लगाइएको हो ।

    नारायणघाट–बुटवल सडक आयोजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी विकास खनालका अनुसार आज दिउँसोदेखि परेको वर्षाले दाउन्ने खण्डको सडक चिप्लो भई विशेषगरी ठूला मालवाहक सवारीसाधन चिप्लिने तथा अड्किने समस्या देखिएपछि सडक जाम कम गर्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सवारी सञ्चालनमा आंशिक रोक लगाउने निर्णय गरिएको हो ।

    जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आजदेखि चैत ८ गतेसम्म हावाहुरी, मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले सोही अवस्थालाई मध्यनजर गर्दै आजदेखि चैत ८ गतेसम्म प्रत्येक दिन बेलुका ७ः०० देखि बिहान ५ः०० बजेसम्म ठूला मालवाहक सवारीसाधनलाई बर्दघाटतर्फ त्रिवेणी चोक र दुम्किबास बजार क्षेत्रमा रोक्ने निर्णय गरिएको छ ।

    सूचना अधिकारी खनालका अनुसार साना तथा लामो दूरीका यात्रुवाहक सवारीसाधन र आकस्मिक सेवाका सवारीलाई भने प्राथमिकताका आधारमा सञ्चालन गर्न दिइनेछ । सो क्षेत्रमा सडक मर्मतसम्भारको काम भइरहेकाले अत्यावश्यकबाहेक अन्य सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न पनि अनुरोध गरिएको उहाँले बताउनुभयो । योजना कार्यालयले यस अवधिमा सवारी सञ्चालन गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्न सबैमा आग्रह गरेको छ ।

    प्रकाशित मिति :चैत्र ६ २०८२ शुक्रवार - २१:३६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij