Logo

२०८२ चैत्र ६ गते शुक्रवार

२०८२ चैत्र ६ गते शुक्रवार

वर्षाले काठमाडौंमा ट्राफिक जाम बढ्यो, सुरक्षित यात्रा गर्न आग्रह

वर्षाले काठमाडौंमा ट्राफिक जाम बढ्यो, सुरक्षित यात्रा गर्न आग्रह


  • 309
    Shares

    • images
    वर्षाले काठमाडौंमा ट्राफिक जाम बढ्यो, सुरक्षित यात्रा गर्न आग्रह

    काठमाडौं । काठमाडौंमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा ट्राफिक जाम बढेको छ । वर्षाका कारण सवारी आवागमन प्रभावित हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको हो । 

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कोटेश्वर क्षेत्रलगायत विभिन्न स्थानको निरीक्षण गर्दा वर्षाका कारण सवारी जाम बढेको छ । उनका अनुसार वर्षाका कारण सडकमा पानी जम्दा सवारी सञ्चालनमा थप समस्या देखिएको हो । 

    यसले ट्राफिक ‘फ्लो’ अवरुद्ध हुने र दुर्घटनाको जोखिम बढ्ने भएकाले सचेत भई सवारी चलाउन ट्राफिक प्रहरीले आग्रह गरेको हो । सबैलाई हतार नगरी धैर्यताका साथ सवारी चलाउन र सुरक्षित यात्रा गर्न आग्रह गरिएको छ ।

    ‘सबै स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको छ, तर वर्षाका कारण सवारीसाधनको चाप बढेको छ’, प्रहरी उपरीक्षक सुवेदीले  भने, ‘ट्राफिक नियमको पालना गर्दै सुरक्षित यात्रा गर्नुपर्छ । हतारको मनस्थितिले दुर्घटना हुनसक्छ ।’ 

    माइतीघर, पुतलीसडक र तीनकुनेलगायत स्थानमा वर्षाका कारण सडकमा समेत पानी जमेको छ ।

    प्रकाशित मिति :चैत्र ६ २०८२ शुक्रवार - १८:३५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij