२०८२ चैत्र ६ गते शुक्रवार
काठमाडौं । इरान र इजरायलबीच बढ्दो तनावका बीच खाडी क्षेत्रको रणनीतिक जलमार्ग होर्मुजु बाट एक नेपाली युवक इरानी सुरक्षा फौजको नियन्त्रणमा परेका छन्।
इरानी सेनाले एउटा व्यापारिक जहाजलाई आफ्नो नियन्त्रणमा लिने क्रममा त्यसमा कार्यरत धनुषाका अमृत झालाई पनि पक्राउ गरेको हो।
परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्काले सो घटनाको पुष्टि गरेका छन्। खड्काका अनुसार, उक्त जहाजमा कार्यरत सबै क्रू मेम्बरु लाई इरानी पक्षले नियन्त्रणमा लिएको छ, जसमा झा पनि सामेल छन्।
इरानी रिभोलुसनरी गार्ड्सले इजरायलसँग सम्बन्ध रहेको दाबी गर्दै उक्त जहाजलाई होर्मुज जलमार्गबाट आफ्नो नियन्त्रणमा लिएको थियो। झाका परिवारले उनी सम्पर्कविहीन भएपछि परराष्ट्र मन्त्रालयमा खोजीका लागि निवेदन दिएका थिए।
मन्त्रालयले तेहरानस्थित नेपाली दूतावासमार्फत उनको अवस्था बुझ्ने र रिहाइको पहल भइरहेको जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij