Logo

२०८२ चैत्र ६ गते शुक्रवार

२०८२ चैत्र ६ गते शुक्रवार

मध्यपूर्वमा रहेका नेपाली नागरिकको विवरण संकलन जारीः हालसम्म ८२ हजार बढीले विवरण दर्ता गराए

मध्यपूर्वमा रहेका नेपाली नागरिकको विवरण संकलन जारीः हालसम्म ८२ हजार बढीले विवरण दर्ता गराए


  • 624
    Shares

    • images
    मध्यपूर्वमा रहेका नेपाली नागरिकको विवरण संकलन जारीः हालसम्म ८२ हजार बढीले विवरण दर्ता गराए

    काठमाडौं । परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार एक सय जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएको जनाएको छ । 

    शुक्रवार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सो जानकारी दिनुभएको हो । उनकाअनुसार अनलाइन दर्ता प्रणालीमा दर्ता भएकामध्ये करिव ६ हजार जनाले शुरुमा आफूहरू असुरक्षित रहेको जानकारी गराएका थिए ।

    पछिल्ला दिनहरूमा असुरक्षित महशुस गर्नेहरूको संख्या उल्लेख्य रूपमा घटेको उहाँको दाबी छ । इजरायल, अमेरिका र इरानबीच बढ्दो तनावका बीच मध्यपूर्वका विभिन्न देशहरुबाट मन्त्रालयको आपतकालीन कक्षमा हालसम्म ७८ वटा कलसहित कुल १ सय ७० पटक सम्पर्क भएको क्षेत्रीले उल्लेख गरे । 

    उनले अवस्था सामान्य बन्दै गएको कारण श्रम स्वीकृतिको विषयमा जानकारी लिन धेरैजसो सम्पर्क हुने गरेको जानकारी दिए। उनले मन्त्रालयले आफ्ना १० वटै नियोगहरूमार्फत समस्यामा परेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिने र आवश्यक समन्वय गर्ने कार्य भइरहेको समेत जानकारी दिए । 

    ब्रिफिङका क्रममा प्रवक्ता क्षेत्रीले हाल कुनैपनि नेपाली नागरिक विदेशका ट्रान्जिटमा नरहेको जानकारी दिए । जेद्यामा रहेका ५२ जना हजयात्रीहरू समेत स्वदेश फर्किसकेको उनको भनाइ छ । 

    प्रकाशित मिति :चैत्र ६ २०८२ शुक्रवार - १५:२१:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij