२०८२ चैत्र ६ गते शुक्रवार
काठमाडौं । बालेन्द्र शाह प्रधानमन्त्री हुने भएपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले खुशी व्यक्त गरेका छन् ।
रास्वपाबाट जितेपछि बालेन प्रधानमन्त्री बन्ने पक्का भएपछि निधिले सामाजिक सञ्जालमा लेखेर खुशी व्यक्त गरेका हुन् । ‘बालेन साह नेपालको प्रधानमन्त्री हुने अब पक्का भएको छ।
पहिलोपटक एउटा मधेशी व्यक्ति प्रधानमन्त्री हुँदैछ,’ निधिले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘असली र ऐतिहासिक राजनीतिक रुपान्तरण हो । पुस्तान्तरण मात्र होइन। देशी र विदेशी सबैले यो सत्य संज्ञानमा राख्नुपर्छ। म चुनाव हारे पनि साह्रै हर्षित छु। बालेन साहलाई बधाई छ ।’ निधि धनुषा–३ मा रास्वपाका मनिष झासँग चुनाव हारेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij