२०८२ चैत्र ६ गते शुक्रवार
काठमाडौं । वीरगञ्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत खुल्न नसकेको २० लाख बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१७ अलौंका ५० वर्षीय विनयशंकर साह तुराहा रहेका छन् ।
भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको बीआर ०५ बीके ८६०३ नम्बरको मोटरसाइकलमा सवार तुराहालाई सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार कार्यालय अगाडि रोकेर चेकजाँच गरेको थियो ।
त्यसक्रममा उक्त मोटरसाइकलको सिटकभरमुनि लुकाएर राखिएको अवस्थामा नेपाली २० लाख २ हजार ५० रुपैयाँ र भारु ६ सय रुपैयाँ बरामद भएको हो ।
बरामद भएको उक्त रकमको तुराहाले स्रोत खुलाउन नसकेपछि रकम र मोटरसाइकलसहित तुराहालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij