Logo

२०८२ चैत्र ६ गते शुक्रवार

२०८२ चैत्र ६ गते शुक्रवार

बादल र हावाहुरीका कारण लुम्बिनीका जिल्लामा दिउँसै अँध्यारो

बादल र हावाहुरीका कारण लुम्बिनीका जिल्लामा दिउँसै अँध्यारो


  • 624
    Shares

    • images
    बादल र हावाहुरीका कारण लुम्बिनीका जिल्लामा दिउँसै अँध्यारो

    काठमाडौं । मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार नै लुम्बिनी प्रदेशमा दाङमा हावाहुरी चलेको छ । बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा हावाहुरी चलेको छ । केहीबेर हावाहुरी चलेपछि अहिले पानी पनि परिरहेको छ ।

    बादल र हावाहुरीका कारण दिउँसै अँध्यारो भएको छ । बजार क्षेत्रमा गाडीहरू दिउँसै बत्ती बालेर गुडिरहेको छ।

    दाङको तुलसीपुर, घोराही र लमही बजार क्षेत्रमा करिब १५ मिनेटसम्म हुरी चलेको जिल्ला प्रहरी कार्यालय दाङले केहीबेर हुरी चले पनि त्यसले क्षति पुर्‍याएरनपुर्‍याएको विवरण आउन बाँकी रहेको जनाएको छ ।

    जल तथा मौसम विज्ञान विभागले हिजो नै लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण गरेको थियो । 

    प्रकाशित मिति :चैत्र ६ २०८२ शुक्रवार - १४:४०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij