Logo

२०८२ चैत्र ६ गते शुक्रवार

२०८२ चैत्र ६ गते शुक्रवार

बिदा हुँदै शहरीमन्त्रीले कर्मचारीलाई भने– अब खुशी मनाउनुस्, भोज खानुस् तर यो कूकर्मले जीवनमा एकदिन पीडा दिनेछ

बिदा हुँदै शहरीमन्त्रीले कर्मचारीलाई भने– अब खुशी मनाउनुस्, भोज खानुस् तर यो कूकर्मले जीवनमा एकदिन पीडा दिनेछ


  • 806
    Shares

    • images
    बिदा हुँदै शहरीमन्त्रीले कर्मचारीलाई भने– अब खुशी मनाउनुस्, भोज खानुस् तर यो कूकर्मले जीवनमा एकदिन पीडा दिनेछ

    काठमाडौं । शहरी विकासमन्त्री कुमार इङ्नाम नयाँ सरकार नआउँदै मन्त्रालयबाट बिदाबारी  भएका छन्।

    हिजो साँझ मन्त्रालयका उच्च कर्मचारी तथा विभागीय प्रमुखहरूलाई बोलाएर उनले मन्त्रालय छोडेको जानकारी गराएका हुन् । त्यसक्रममा इङ्नामले आफूलाई असफल ठहर गर्दै कर्मचारी नेतृत्वसँग चर्को असन्तुष्टि जाहेर गरे । 

    मंसिर अन्तिम साता भूमि मन्त्रालयसमेत सम्हाल्नेगरी शहरी विकासको नेतृत्व पाएका इङ्नामले बिदा हुँदै गर्दा निकै आक्रोशित थिए । उनले कर्मचारीबाट अपेक्षित सहयोग नपाएको गुनासोमात्र पोखेनन् समग्र प्रशासन संयन्त्रमाथि नै कटाक्ष गरे । 

    ‘मैले हारेँ, तपाईहरुले जित्नुभयो, अब खुशी मनाउनुस्, भोज खानुस्’, उनले भनेका थिए, ‘तर तपाईले गरेको यो कूकर्मले जीवनमा एकदिन पीडा दिनेछ ।’

    सो क्रममा इङनामले भूमि मन्त्रालयको तुलनमा शहरी मन्त्रालयमा ज्यादा बेथिति देखेको बताए । त्यस्तै, अर्थमन्त्रालयले दादागिरी गरेको उनको आरोप छ ।

    ‘अर्थ मन्त्रालयको आफ्नै दादागिरी चल्दोरहेछ, जस्तो मनलाग्यो,  त्यही नियम बनाइदिने’, आक्रोश पोख्दै उनले भने, ‘मैले पनि एउटा भिजन लिएर आएका थिएँ, तर अर्थ मन्त्रालयको असहयोगको कारण पूरा गर्न सकिनँ ।’

    इङनामले आफूलाई इतिहासकै असफल मन्त्री भएको स्वघोषणा गर्दै बिदाइको लागि तयार पारिएको फूलमालासमेत लत्याएर निस्किएका थिए ।

    प्रकाशित मिति :चैत्र ६ २०८२ शुक्रवार - १४:२१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij