२०८२ चैत्र ६ गते शुक्रवार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपा ललितपुरमा आज दिउँसो १ बजे बस्ने भएको हो।
बैठकमा सभापति गगनकुमार थापाले दिएको राजीनामा, आगामी नियमित महाधिवेशन, निर्वाचनको समीक्षा र भावी रणनीतिलगायत विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
कांग्रेसले उक्त बैठकमा भाग लिनका लागि पार्टीका पदाधिकारी, सदस्य एवम् सातै प्रदेशका सभापतिलाई निर्देशानुसार अनुरोध समेत गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij