Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

संघीय संसद्को अधिवेशन आह्वान कार्की सरकारले गर्ने, सांसदहरूको शपथ चैत १२ मा

संघीय संसद्को अधिवेशन आह्वान कार्की सरकारले गर्ने, सांसदहरूको शपथ चैत १२ मा


  • 1.2K
    Shares

    संघीय संसद्को अधिवेशन आह्वान कार्की सरकारले गर्ने, सांसदहरूको शपथ चैत १२ मा

    काठमाडौं । फागुन २१ गते सम्पन्न निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशन वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आह्वान गर्ने भएको छ । संघीय संसद्को पहिलो अधिवेशन आह्वानका लागि कार्कीले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएकी छन् । 

    एक मन्त्रीले सङ्घीय संसद्को अधिवेशन आह्वानका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको जानकारी आफूलाई आएको बताएका छन् । 

    ती मन्त्रीले चैत १६ गतेका लागि अधिवेशन आह्वान गरिने जानकारी दिएका छन् । यसअघि अन्तरिम सरकारले अधिवेशन आह्वान गर्ने कि नयाँ सरकारले अधिवेशन आह्वान गर्ने भन्नेमा अन्योल थियो । 

    सरकारका तर्फबाट अनौपचारिक रूपमा चैत १६ गतेका लागि अधिवेशन आह्वान हुने भएकाले तयारी गर्न भन्दै सङ्घीय संसद् सचिवालयलाई जानकारी गराइएको सचिवालयका एक पदाधिकारीले जानकारी दिएका छन् ।  

    images
    प्रकाशित मिति :चैत्र ६ २०८२ शुक्रवार - ११:४६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij