२०८२ चैत्र ६ गते शुक्रवार
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्ति सिफारिस गर्ने सरकारको निर्णय राष्ट्रपति रामचन्द्र पौडेलले होल्डमा राखेका छन् ।
चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्ति गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णय सिफारिस चैत ३ गते नै राष्ट्रपति कार्यालयमा पुगे पनि राष्ट्रपति पौडेलले निर्णय गरेका छैनन् ।
राष्ट्रपति निकट स्रोतले त्यो निर्णय तत्कालका लागि होल्डमा रहेको जानकारी दिएको छ । नयाँ सरकार आएपछि कन्सर्न बुझेर मात्रै यसबारे राष्ट्रपति पौडेलले निर्णय गर्ने त्यो स्रोतको दाबी छ ।
गृहमन्त्री रहेकै बेलामा अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको आलोचना भएको थियो । अर्यालको राष्ट्रिय सभा सदस्यमा सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत परेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij