२०८२ चैत्र ५ गते बिहिवार
सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले बिहीबार कार्यालय समयमा छड्के अनुगमन गर्दा २५ जना कर्मचारी कार्यालयमा अनुपस्थित भेटिएका छन् ।
बिहान साढे १० बजे कार्यालय पुगेर छड्के अनुगमन गर्दा त्यो बेलासम्म २५ जना कर्मचारी कार्यालयमा उपस्थित नै नभएको भेटिएको हो ।
अध्यक्ष यादवका अनुसार अनुगमनका क्रममा ६० जना कर्मचारीमध्ये निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव मण्डलसहित २५ जना कर्मचारी त्यो बेलासम्म गैरहाजिर रहेको पाइएको थियो । अनुपस्थित कर्मचारीहरूको हाजिरीमा रातो कलम लगाएको उनले बताए ।
सेवाग्राहीबाट कार्यालय समयमा कर्मचारी उपस्थित नहुने समस्या रहेको गुनासो आउन थालेपछि छड्के गरिएको अध्यक्ष यादवले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij