२०८२ चैत्र ५ गते बिहिवार
काठमाडौं । भक्तपुरको नगरकोटमा दुई जना मोटरसाइकल चालकलाई कुटपिट गरेको आरोपमा कार चालकलाई पक्राउ गरिएको छ।
बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कार चालक गणेशबहादुर तामाङलाई पक्राउ गरेको हो। पीडित युवाहरुले भक्तपुरमा उजुरी समेत दिएका थिए । कार्यालयले पक्राउ परेका तामाङलाई भक्तपुर प्रहरीलाई अनुसन्धानका लागि पठाएको छ ।
केही दिनअघि कार चालक तामाङले दुई जना मोटरसाइकल चालकलाई कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो। मोटरसाइकल चालकलाई कुटपिट गर्ने कार चालकलाई कारबाही गर्न सामाजिक सञ्जाल मार्फत दबाब सिर्जना भएको थियो।
मोटरसाइकल चालक विशाल तामाङ र लक्सकुमार राई रहेको खुलेको छ । घटना शनिबार भक्तपुरको नगरकोट सडक खण्डको भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij