२०८२ चैत्र ५ गते बिहिवार
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदको प्रमाणपत्र लिने कार्यक्रममा कांग्रेस नेता अर्जुन नरसिंह केसी र एमाले उपाध्यक्ष रामबहादुर थापा बादल अनुपस्थित रहेका छन् ।
अन्य समानुपातिक सांसदले निर्वाचन आयोगमा पुगेर प्रमाणपत्र लिएपनि दुई सांसद भने अनुपस्थित रहेका हुन् ।
केसी प्रतिनिधिसभाका ज्येष्ठ सदस्य समेत हुन् । नेता केसीले कार्यव्यस्तताका कारण आफू बाहिर रहेकाले जान नसकेको बताएका छन् । उनले भने, ‘म एउटा कार्यक्रमका सिलसिलामा बाहिर थिएँ । सोही कारण जान भइन् । प्रमाणपत्र प्रतिनिधिले लिनु भएको छ’, ।
साथै, नेता बादल भने अनुपस्थित रहनुको कारण खुलेन ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij