Logo

२०८२ चैत्र ५ गते बिहिवार

२०८२ चैत्र ५ गते बिहिवार

कैलालीको खक्रौला नाकामा सामान बरामद गर्दा विवाद, डीएसपी प्रदीप पौडेलमाथि हातपात

कैलालीको खक्रौला नाकामा सामान बरामद गर्दा विवाद, डीएसपी प्रदीप पौडेलमाथि हातपात


  • 533
    Shares

    • images
    कैलालीको खक्रौला नाकामा सामान बरामद गर्दा विवाद, डीएसपी प्रदीप पौडेलमाथि हातपात

    काठमाडौं । कैलालीको खक्रौला नाकामा भारतबाट नेपालतर्फ ल्याइरहेको सामान बरामद गरेको विषय विवाद हुँदा सशस्त्र प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।

    मंगलबार साँझ टीकापुरको एसजीए ट्रेड एण्ड सप्लायर्सले भारतबाट जीएसटी बिलसहित ल्याइएको सामान सशस्त्र प्रहरीको बीओपी खक्रौलाले बरामद गरेको थियो ।

    उक्त सामानलाई अवैध भनेपछि सशस्त्रका बीओपी प्रमुख डीएसपी प्रदीप पौडेलले विवाद सुरु गरेको व्यवसायीको आरोप छ ।

    टीकापुर उद्योग वाणिज्य संघसहितका व्यवसायीले उक्त कदमको विरोध गरेपछि सशस्त्र प्रहरीको बीओपी खक्रौलाले सम्बन्धित व्यवसायीलाई बरामद गरिएका सामान फिर्ता गरिसकेको छ ।

    उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिल्सिनाले सीमा क्षेत्रमा व्यवसायीलाई सशस्त्र प्रहरीले अनावश्यक दुःख र हैरान दिन थालेको आरोप लगाए ।

    उनले मंगलबार समेत सोही खालको कार्य दोहोरिएपछि बीओपीमै पुगेर डीएसपी प्रदीप पौडेलको ध्यानाकर्षण गराइएको र सामान फिर्ता ल्याइएको बताएका छन् ।

    यो विषयलाई लिएर बुधबार बीओपी पुगेको एक समूहले डीएसपी प्रदीप पौडेलमाथि हातपात गरेको छ । घटनाको छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल नं.७ वैद्यनाथ बाहिनीले समिति गठन गरेको छ ।

    बाहिनीमा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको वैद्यनाथ बाहिनीका निमित्त प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले जानकारी दिएका छन् । सुवेदीले समितिलाई खक्रौला बीओपी घटनाबारे छानबिन गरेर प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको बताएका छन् । 

    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - १३:३५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij