Logo

२०८२ चैत्र ५ गते बिहिवार

२०८२ चैत्र ५ गते बिहिवार

बर्दियामा बालयौन दुराचारको आरोपमा शिक्षक पक्राउ

बर्दियामा बालयौन दुराचारको आरोपमा शिक्षक पक्राउ


  • 281
    Shares

    • images
    बर्दियामा बालयौन दुराचारको आरोपमा शिक्षक पक्राउ

    बर्दिया । बर्दियामा बाल यौन दुराचारको आरोप लागेका शिक्षक  यामप्रसाद शर्मा कालीकोट जिल्लाबाट पक्राउ परेको छ । शर्मा आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।  

    शिक्षकले एक १५ वर्षिया बालिकालाई यौन दुराचार गरेको पीडित बालिकाले आरोप छ ।  पीडित बालिका र परिवारले  शिक्षकले यौन दुराचार गरेको आरोपमा इलाका प्रहरी कार्यालय ढोढरीमा फागुन २७ गते जाहेरी दरखस्त दिएका थिए ।  जाहेरीमा पीडित बालिकालाई घटनाको अघिपछि पनि पटक पटक फोन मार्फत अश्लिल कुरा गर्ने गरेको र गलत आशयले कुरा गर्ने गरेको उल्लेख गरेका छन् । 

    आरोपित शिक्षकलाई कालीकोटबाट अड्डासार गरी बर्दिया ल्याइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी प्रमेश विष्टले बताए । गए राति मात्र उहाँलाई बर्दिया ल्याएको बताउँदै आज अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान जारी राख्ने बताए । 

    बालबालिकासम्बन्धी ऐन २०७५ अनुसार बालयौन दुराचार मुद्दामा दोसी ठहरिए तीनदेखि चार वर्षसम्म कैद र ७५ देखि ८० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - १३:०३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij