Logo

२०८२ चैत्र ५ गते बिहिवार

२०८२ चैत्र ५ गते बिहिवार

टिपरसँग स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक जना गम्भीर घाइते

टिपरसँग स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक जना गम्भीर घाइते


  • 596
    Shares

    • images
    टिपरसँग स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक जना गम्भीर घाइते

    काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिकामा बिहीबार बिहान टिपरसँग स्कुटर ठोक्किएर दुर्घटना हुँदा एकजना किशोरको मृत्यु भएको छ । अर्का किशोर गम्भीर घाइते भएका छन् ।

    मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार सुन्दरहरैँचा–५ मा बाँसबारीमा बिहानदुर्घटना भएको हो ।

    पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २-०१-००१ ख ००३८ नम्बरको टिपर र पूर्वतर्फ जाँदै गरेको  २५ प ३४८४ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा सुन्दरहरैँचा-४ का १७ वर्षीय मौसम काफ्लेको मृत्यु भएको जानकारी लामिछानेले दिएका छन् ।

    स्कुटरको पछाडि सवार रहेका काफ्ले दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उपचारका लागि बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।   

    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - १३:०२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij