Logo

२०८२ चैत्र ५ गते बिहिवार

२०८२ चैत्र ५ गते बिहिवार

‘शपथ हुने छाँटकाँट छैन, किताब बेच्छु, गाह्रो पिरो नमान्नुहोला : महावीर

‘शपथ हुने छाँटकाँट छैन, किताब बेच्छु, गाह्रो पिरो नमान्नुहोला : महावीर


  • 701
    Shares

    • images
    ‘शपथ हुने छाँटकाँट छैन, किताब बेच्छु, गाह्रो पिरो नमान्नुहोला : महावीर

    काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा म्याग्दीबाट निर्वाचित सांसद महावीर पुन फेरि पुस्तक बेच्न सडकमा निस्किने भएका छन् ।

    केही दिनअघि पोखराका सडकमा फुटपाथ व्यापार प्रतिबन्ध लगाइएको प्रसङ्ग निकालेर मेयर धनराज आचार्यले त्यसो नगर्न सुझाएका थिए । जवाफ स्वरूप पुनले आफ्नो अहिले काम नभएकोले किताब नै बेच्ने दैनिकीमा फर्किन लागेको बताएका हुन् ।

    आफ्नो आत्मकथा बिक्री गर्दै देश दौडाहा गरिरहेका पुनलाई सडकमा बसेर किताब नबेच्न र यो कानुन विपरीत भएको भन्दै धेरैले सुझाएका थिए । पुनले फेसबुकमा स्टाटस लेख्दै नदीपुरमा किताब बेच्न लागेको जानकारी गराएका छन् । ‘शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन ।

    उनले भने, आज बिहान १० बजेदेखि नदीपुरको बालमन्दिर देखि ५० मिटर पश्चिमतिर रहेको सिंगापुर क्याफेको छेउमा मेरो आत्मकथाको किताब बेच्नेछु,’। अझै शपथ नहुने देखेपछि किताब बेच्न निस्किएको उनले सुनाएका छन् । ‘अनि के गरेर बस्ने त नि मेयर साहब ? गाह्रो पिरो नमान्नु होला,’ ।

    निर्वाचित भएपछि केही दिन किताब बेचेका उनले पछिल्लो समय म्याग्दीका ६ वटै स्थानीय तहमा पुगेर जनप्रतिनिधि र स्थानीयसँग विकास र बजेटबारे छलफल सकेर फर्किएका छन् ।

     

    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - ११:०५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij