Logo

२०८२ चैत्र ५ गते बिहिवार

२०८२ चैत्र ५ गते बिहिवार

गुल्मीमा ट्रक दुर्घटना हुँदा २ जना घाइते

गुल्मीमा ट्रक दुर्घटना हुँदा २ जना घाइते


  • 407
    Shares

    • images
    गुल्मीमा ट्रक दुर्घटना हुँदा २ जना घाइते

    काठमाडौं । गुल्मीको सत्यवती गाउँपालिका-५ हँसरास्थित भित्री कच्ची सडकमा आज बिहान ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलतर्फ जाँदै गरेको लु२ख ५३७३ नम्बरको पेप्सी-कोकाकोला बोकेको ट्रक ब्याक गर्ने क्रममा दुर्घटना भएको हो ।

    सो क्रममा चालक रुपन्देही बुटवल उपमहानगरपालिका-११ जयकुटीका ३४ वर्षीय केशव ज्ञवाली र ट्रकमा सवार रुपन्देही तिलोत्तमा नगरपालिका-१ शंकरनगरका ३१ वर्षीय यादव ज्ञवाली घाइते भएका छन् ।

    दुवै घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र जोहाङ गुल्मी पठाइएको छ । उनीहरूको अवस्था सामान्य रहेको छ ।घटनास्थलमा इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी नायब निरीक्षक नरेन्द्र वि।क।को कमाण्डमा खटिएको टोलीले उनीहरुको उद्धार गरेको हो ।

    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - १०:३७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij