Logo

२०८२ चैत्र ४ गते बुधवार

२०८२ चैत्र ४ गते बुधवार

बैंकिङ कसुर मुद्दामा फरार गोरखाका पनेरू पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार गोरखाका पनेरू पक्राउ


  • 666
    Shares

    • images
    बैंकिङ कसुर मुद्दामा फरार गोरखाका पनेरू पक्राउ

    काठमाडौं । बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका गोरखाका सञ्जय पनेरू पक्राउ परेका छन् । काठमाडौंको वनस्थली क्षेत्रमा लुकेर बसेको अवस्थामा बुधबार प्रहरीले पक्राउ हो ।

    बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीका पनेरूलाई बुधबार बिहान विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी काठमाडौंमा लुकिछिपी बसिरहेको भन्ने जानकारी पाएपछि गोरखाबाट खटिएको प्रहरी टोली र काठमाडौंको टोलीले संयुक्त अपरेसन सञ्चालन गरेको थियो ।

    प्रहरीका अनुसार पनेरूले विभिन्न बहानामा सर्वसाधारणलाई ठगी गर्दै आएको खुलेको छ । गोरखा जिल्लामा मात्रै उनी विरुद्ध बैंकिङ कसुरसम्बन्धी १० वटा मुद्दामा फैसला भइसकेको छ र ती सबैमा उनी मुख्य दोषी ठहरिएका छन् ।

    जिल्ला अदालत गोरखाले विभिन्न मितिमा गरेको फैसलाअनुसार पनेरूलाई कुल १ करोड १२ लाख ५० हजार रुपैयाँभन्दा बढी जरिवाना र ३६ दिन कैद सजाय तोकिएको छ ।

    उक्त सजाय कार्यान्वयनका क्रममा उनी लामो समयदेखि फरार रहँदै आएका थिए । पक्राउ परेका पनेरूलाई अब आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालतमा बुझाइने प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र ४ २०८२ बुधवार - १६:४६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij