२०८२ चैत्र ४ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
आगामी शुक्रबार दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।
यसअघि बसेको कार्यसम्पादन बैठकपछि नेताहरूले अब बस्ने बैठकमार्फत समीक्षा गर्ने बताएका थिए । उक्त बैठकले समानुपातिक सांसदहरू छनोट गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij