Logo

२०८२ चैत्र ४ गते बुधवार

२०८२ चैत्र ४ गते बुधवार

बागलुङमा जिप दुर्घटना, सात जना घाइते

बागलुङमा जिप दुर्घटना, सात जना घाइते


  • 442
    Shares

    • images
    बागलुङमा जिप दुर्घटना, सात जना घाइते

    काठमाडौं । बागलुङमा पिकअप जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । बुधबार गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको लु ३ च ५१५० नम्बरको जिप मध्यपहाडी लोकमार्गको बागलुङ रात्माटामा दुर्घटनामा परेको हो ।  

    तीव्र गतिमा गुडेको जिप अनियन्त्रित भइ सडकको बायाँतर्फको नालीमा पल्टिँदा चालकसहित ७ जना घाइते भएका छन् । घाइतेको धौलागिरि प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

    दुर्घटनामा घाइते हुनेहरुमा नगरपालिका–३ का २५ वर्षीय यादव खत्री, गलकोट नगरपालिका –९ टिमुरबोटका ५६ वर्षीय देवबहादुर केसी गलकोट नगरपालिका –३ हटियाकी ७३ वर्षीया दिलकुमारी गलकोट नगरपालिका–४ डाँडाखेतकी २६ वर्षीया सारदा खत्री, गलकोट नगरपालिका –७ बामियाँका २४ वर्षीय रोशन थापा गलकोट नगरपालिका –३ नौबिसेटोलका ७३ वर्षीय कुलबहादुर सहनी र  गलकोट नगरपालिका–३ हटियाका २२ वर्षीय करण सहनी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक बसन्तजंग पाण्डेले जानकारी दिएका छन् ।  

    प्रकाशित मिति :चैत्र ४ २०८२ बुधवार - १३:२१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij