Logo

२०८२ चैत्र ४ गते बुधवार

२०८२ चैत्र ४ गते बुधवार

एनआरएनएमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन

एनआरएनएमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन


  • 589
    Shares

    • images
    एनआरएनएमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । संघको अध्यक्षमा डा. हेमराज शर्मा (यूके) सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा रोबिन प्रसाद शेरचन (जापान) निर्विरोध निर्वाचित भएका छन् ।

    उपाध्यक्ष पदमा रोशन थापा (जाम्बिया), बुद्धि सुवेदी (अमेरिका), चिन्तामणि सापकोटा (स्पेन), ददीवाल खड्का (जापान), दिनेश पोखरेल (अष्ट्रेलिया), गोपीकृष्ण काफ्ले (क्यानडा), डा. ज्ञानेन्द्र रेग्मी (अष्ट्रेलिया), जुनु गुरुङ (दक्षिण कोरिया), कमलमणि गुरागाईं (कतार), खगेन्द्र न्यौपाने (मलेसिया), लोकप्रसाद दाहाल (बेल्जियम), महेन्द्र ओली (अष्ट्रेलिया), मनोजकुमार श्रेष्ठ (यूएई), प्रबिन गुरुङ (कतार), पूर्णचन्द्र बनियाँ (अमेरिका), रविनराज बज्राचार्य (अमेरिका), रामशरण सिम्खडा (यूके), रोजिना प्रधान राई (यूके), टंकप्रसाद गैरे (जापान), तिलक गैरे (पोर्तुगल), विश्वदीप तिगिला (यूके) सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।

    महिला उपाध्यक्षमा राधिका गुरुङ (हङकङ) तथा युवा उपाध्यक्षमा भीमसेन थापा (पोर्चुगल) निर्विरोध चयन भएका छन् । महासचिवमा डा. चिरञ्जीवी खड्का (चेक गणतन्त्र) निर्विरोध हुँदा उपमहासचिवमा अनुजा प्रधान (बेल्जियम), बेदराज बस्नेत (अमेरिका), दिनेशकुमार घिमिरे (यूके), पारसमणि पोखरेल (जापान), राजेन्द्र अर्याल (साउदी अरेबिया), स्वतन्त्र प्रताप शाह (अष्ट्रेलिया) निर्वाचित भएका छन् ।

    सचिवमा अभिमन्यु बस्नेत (क्यानडा), दीपेश खत्री (जर्मनी), मदनराज पौडेल (अष्ट्रेलिया), माधव दुलाल (क्यानडा), मोहम्मद मुक्तदामु (कतार), प्रसुना कडेल (यूके), शिवप्रसाद पौडेल (जापान), सुजन अधिकारी (अष्ट्रेलिया), सुजन केसी खत्री (कुवेत), सुपेन्द्र घिसिङ (जापान),  यज्ञनारायण पौडेल (स्पेन) (यूके), भवानी प्रसाद तिमल्सिना (यूएई), रमेश भट्ट (कतार) सर्वसम्मत रूपमा चयन भएका छन् ।

    महिला सचिवमा अमृता थापा (चीन), कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सेना (यूके), सह-कोषाध्यक्षमा अब्दुल बासिद (कतार)बिमल सुवेदी (कतार)  तथा महिला सह-कोषाध्यक्षमा गंगा खतिवडा (दक्षिण कोरिया) निर्विरोध निर्वाचित भएका छन् ।

    प्रकाशित मिति :चैत्र ४ २०८२ बुधवार - ०९:०७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij