Logo

२०८२ चैत्र ४ गते बुधवार

२०८२ चैत्र ४ गते बुधवार

संसद छिर्दै छिन् गोरखाकी ३० वर्षीया एलिजा गुरुङ

संसद छिर्दै छिन् गोरखाकी ३० वर्षीया एलिजा गुरुङ


  • 736
    Shares

    • images
    संसद छिर्दै छिन् गोरखाकी ३० वर्षीया एलिजा गुरुङ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकबाट ४८ जना महिलाहरू छनोट गर्दा गोरखाकी ३० वर्षीया एलिजा गुरुङ पनि त्यसभित्र अटाइन् । उनी संसदमा मात्र नभएर रास्वपाकी समेत ‘न्यू कमर’ हुन् ।

    आदिवासी जनजाति महिलाको क्लस्टरमा १३ नम्बरमा रहेकी उनको खासै सम्भावना देखिएको थिएन । तर, रास्वपाले अनपेक्षित सिट जित्दै ४८ जना महिला समानुपातिकबाट निर्वाचित गर्नुपर्ने भएपछि उनको ढोका खुलेको हो ।

    गोरखाको धार्चे गाउँपालिका २ स्थित दुर्गम गाउँ केरौंजामा जन्मिएकी एलिजा सन् २०१९ मा मिस जनजाति भएकी थिइन् । राष्ट्रिय नाचघरमा भएको प्रतिस्पर्धामा ९ जना प्रतियोगीलाई पछि पार्दै उनी विजेता बनेकी थिइन् । यस अर्थमा उनी अनुष्का श्रेष्ठपछि रास्वपाबाट सांसद बन्ने दोस्रो ‘सौन्दर्य प्रतियोगिता विजेता’ हुन् ।

    धार्चेदेखि नै एलिजाले सामाजिक अभियानमा सक्रिय हुन थालेकी थिइन् । मिस जनजातिको ताजले उनको व्यक्तित्वलाई अलिकति उचाइ दियो । उनी गुरुङ जातीहरूको संस्था तमु ह्युला छोजधिँ गुरुङ राष्ट्रिय परिषद् र उत्तरी गोरखा तमु समाजको जिल्ला सदस्य भइन् । ह्युलाको भातृ संगठन तमुस्योंको महाधिवेशन प्रतिनिधि बनिन् ।

    एलिजा कुनै समय नेपाली कांग्रेससँग नजिक थिइन् । तर रास्वपाको गठनपश्चात् उनी यसमा लागिन् र संस्थापक केन्द्रीय सदस्य बनिन् । यस आमनिर्वाचनको समानुपातिकतर्फ उम्मेदवार चयन गर्न पार्टीले गरेको आन्तरिक निर्वाचनमा पनि उनले भाग लिएकी थिइन् । उनलाई ११ हजार ४ सय ८९ मत आएको थियो ।

    गोरखा क्षेत्र नं. १ मा सुधनलाई रास्वपाले उम्मेदवार बनाएपछि उनलाई जिताउन एलिजा निकै खटिइन् । सुधनले पनि उनलाई जसरी पनि समानुपातिकमा पार्नुपर्ने भनेर पार्टीमा कडा लबिङ गरेका थिए ।

    रास्वपाले आयोजना गरेको अभिमुखी कार्यक्रममा सुधनले एलिजाको निकै प्रशंसा गरे । एलिजालाई ‘हग’ उनले भने, ‘दिदीले नगरेको भए गाह्रै थियो मलाई । यस्तो खट्नु भएको कि कल्पनै गर्न सकिँदैन ।’

    प्रकाशित मिति :चैत्र ४ २०८२ बुधवार - ०८:१४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij