Logo

२०८२ चैत्र ४ गते बुधवार

२०८२ चैत्र ४ गते बुधवार

प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ


  • 687
    Shares

    • images
    प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

    काठमाडौं । नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख दिनेश डङ्गोललाई पक्राउ गरेको छ ।

    ब्यूरोले प्रतिवादी अशोक शेरचन समेत माथि अनुसन्धान भइरहेको बेला थप तथ्य प्राप्त भएपछि डङ्गोललाई पक्राउ गरेको हो ।

    सो बैंकको महत्वपूर्ण विभागमा कार्यरत डङ्गोलले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरित कार्य गरेको तथा प्रभु म्यानेजमेन्ट प्रा.लि. समेतमा प्रवाह ऋणमा कर्जा दुरुपयोग गरेको पाइएको छ ।

    आरोपी डङ्गोलमाथि जिल्ला अदालत काठमाडौँबाट अनुमति लिई थप अनुसन्धान भइरहेको ब्यूरोका सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिए ।

    प्रकाशित मिति :चैत्र ४ २०८२ बुधवार - ०६:४४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij