Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना पक्राउ

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना पक्राउ


  • 463
    Shares

    • images
    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना पक्राउ

    काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा २४ वर्षीय राधे श्याम शाह र २८ वर्षीय खेमु थापा रहेका छन्। 

    पोखरा महानगरपालिका-८ जाल्पारोडस्थित विभिन्न खाजा घरहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो। 

    प्रारम्भिक अनुसन्धानको क्रममा विभिन्न प्रलोभन देखाई होटलको काममा लगाई दिन्छु भनी पीडित महिलाहरूलाई होटलमा आउने पुरुषहरूबाट रकम लिई जबरजस्ती रात बिताउन लगाउने, अनैतिक कार्य गर्न लगाउने गरेको खुल्न आएको छ। साथै प्रहरीले चार जना पीडितहरूलाई उद्धार गरेको छ। 

     

    प्रकाशित मिति :चैत्र ३ २०८२ मंगलवार - १७:३३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij