२०८२ चैत्र ३ गते मंगलवार
काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) सञ्चालक समिति सदस्यबाट लीमा अधिकारीले राजीनामा दिएकी छन्। रास्वपाको समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्य बनेपछि अधिकारीले निफ्राबाट राजीनामा दिएकी हुन्।
साढे ४ वर्ष निफ्रा सञ्चालक समितिमा काम गरेकी उनी पछिल्लोपटक गत मंसिर २३ गते सातौं वार्षिक साधारणसभाबाट दोश्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएकी थिइन्।
अधिकारीले आगामी दिनमा नेपालको पुर्वाधार विकासमा देखिएका अवरोधहरुको समाधान गर्ने थुप्रै नीतिगत तथा प्रशासनिक सुधारहरूका लागि पहल गर्ने बताएकी छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij