२०८२ चैत्र ३ गते मंगलवार
काठमाडौं । क्यानडामा आकर्षक तलबमा काम गर्न पठाइदिन्छु भन्दै प्रलोभनमा पारेर रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कञ्चनपुर भीमदत्त नगरपालिका–१८ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ९ बस्ने ५१ वर्षीय गीता भण्डारी रहेकी छन्।
वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट २७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएकी उनलाई प्रहरीले काठमाडौँबाटै पक्राउ गरेको हो।
उनीविरुद्ध पीडितले दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले खोजी गरेको थियो। उनलाई काठमाडौँ महानगरपालिका-९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij