२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले नेपाल आयल निगमको असक्षमताका कारण नेपालमा खाना पकाउने ग्याँसको अभाव देखिएको बताएको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सो आरोप लगाए ।
उनले नेपालमा खाना पकाउने ग्याँससहित पेट्रोलियम पदार्थको समस्या देखिनुमा वाह्य प्रभाव कुनै नरहेको जिकिर समेत गरे । नेपाल आयल निगमको व्यवस्थापकीय असक्षमता र सूचना लुकाएको कारणले खाना पकाउने ग्याँसको समस्या मुलुकमा आएको मञ्चका अध्यक्ष महर्जनको आरोप थियो । अध्यक्ष महर्जनले खाना पकाउने ग्यासको अभाव हुनुमा कालोबजारीले पनि काम गरेको दाबी गरे ।
उनले भने, ‘यो खाद्य युद्धको कारणले पेट्रोलियम प्रोडक्टसमा समस्या भएको होइन । ग्याँसमा समस्या भएको होइन । केही बेथितिहरु यही नेपाल आयल निगमको असक्षमताका कारणले, व्यवस्थापकीय असक्षमताका कारणले र सूचना लुकाएको कारणले यस्तो समस्या आएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक आउनु भएन । उहाँहरुलाई सोध्दा पनि निगमले सूचना दिएन । वाणिज्य विभागलाई सूचना नदिएको नेपाल आयल निगमले । इन्डियन आयल निगमले के गर्दैछ भन्नेकुरामा आपूर्ति व्यवस्थामा समस्या पर्ने कुराहरु आईसकेपछि त वाणिज्य विभागजस्तो नियमक निकायलाई सूचना गर्दैन भने त्यो भन्दा अरु दुभाग्र्य के होला रु पहिलो समस्या यहीबाट आयो । आन्तरिक बेथिति र असक्षमता मैले त्यो कारणले भने । अर्को कुरा केही साना व्यापारीहरुको आर्थिक लोभको कारणले ग्यासमा कालोबजारी गरेकै हो । हामीले धैरै पटक भनेपछि अहिले वाणिज्य विभागले समाप्त थालेको छ । पोखरामा समात्यो, स्याङ्जामा समात्यो । पर्वतमा समात्यो । धेरै ठाउँमा समातेको अवस्था छ । त्यसले् के प्रष्ट देखिन्छ भने ग्याँसमा कोलाबजारी भएको रहेछ ।’
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले उपभोक्ताहरुको हित संरक्षणका लागि विद्यमान कानूननै पुनर्लेखन गर्न आवश्यक रहेको बताए । उनले कानून कार्यालयन गर्ने निकायले नै अनुगमनको काम पनि गर्ने व्यवस्था विद्यमान ऐनमा भएकाले त्यसलाई परिमार्जन गर्न पनि सो सम्बन्धि कानूनको पुनर्लेखन आवश्यक रहेको तर्क गरे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij