२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका श्रेष्ठ पक्राउ परेका हुन् ।
गैरकानुनी तवरले बैंकिङ कसुरमा संलग्न रहेको अभियोग लागेका श्रेष्ठलाई लामो समयको फरार सूचीपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागको जाहेरीका आधारमा अनुसन्धान सुरु भएको यो प्रकरणमा सर्वोच्च अदालतले उनलाई दोषी ठहर गर्दै ठूलो जरिवाना र कैद सजाय सुनाएको थियो।
फरार रहेका ६९ वर्षीय श्रेष्ठलाई सीआईबीको टोलीले आइतबार काठमाडौंको नागर्जुन नगरपालिका -५, सीतापाइलाबाट पक्राउ गरेको हो।
पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij