Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

होम आइसोलेसनमै गयो कोरोना संक्रमितको ज्यान

होम आइसोलेसनमै गयो कोरोना संक्रमितको ज्यान


  • 6.6K
    Shares

    • images
    होम आइसोलेसनमै गयो कोरोना संक्रमितको ज्यान
    images

    सल्यान । होम आइसोलेसनमा बस्दै आइरहेका कपुरकोट गाउँपालिका-का दुई पुरुषको बिहीबार मृत्यु भयो ।

    अस्पतालमा  ठाउँ नभएपछि होम आइसोलेसनमा  बस्दै आएका छत्रेश्वरी गाउँपालिकाका एक संक्रमित पुरुषको पनि उपचार नै नपाएर मृत्यु भयो । होम आइसोलेसनमा मृत्यु भएकाको यो त प्रतिनिधिमूलक उदाहरण मात्र हो । सल्यानमा यसरी नै ज्यान गुमाउनेको संख्या प्रतिदिन बढिरहेको छ । 

    कोरोना संक्रमित बढ्दै जाँदा सल्यान अस्पताल बिरामीले खचाखच भरिएका छ न्। अस्पतालमा ठाउँ अभाव हुँदा अधिकांश संक्रमित आफ्नै घरमा बस्दै आइरहेका छन् ।

    होम आइसोलेसनमा बस्दै आइरहेकाले समयमै उपचार नपाउँदा ज्यान नै गुमाउनुपर्ने बाध्यता छ । होम आइसोलेसनमा चिकित्सकीय उपचार तथा परामर्श नहुँदा नागरिकले अकालमा आफ्नो ज्यान गुमाइरहेका छन् ।

    कोरोनका महामारीले गर्दा सबैलाई अस्पतालमा भर्ना गर्न सक्ने अवस्था नरहेको सल्यान अस्पताल सल्यानका डा. भीमकान्त जैसीको भनाइ छ । 

    संक्रमित बढ्दै जाँदा अक्सिजनको अभाव भएको र अस्पतालमा बेडसमेत नहुँदा संक्रमितलाई घरमै बस्न आग्रह गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए ।

    अक्सिजनको मात्रा एकदमै घटेकालाई मात्र अस्पतालमा राख्ने गरेको उनले बताए । होम आइसोलेसनमा बस्दै आइरहेका संक्रमितलाई स्थानीय तहमा रहेका स्वास्थ्यकर्मी परिचालन गरेर स्थिति बुझ्ने काम भइरहेको पनि उनले बताए । 

    अक्सिजन आवश्यक पर्नेबाहेक अन्यलाई होम आइसोलेसनमा बस्ने सरकारको नीति भएकै कारण धेरै संक्रमित घरमै रहेका दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी पनि बताउँछन् । 

    सल्यानमा हालसम्म १ हजार ८ सय ७५ जना कोरोना संक्रमित छन् । जसमा १ हजार २ सय २८ डिस्चार्ज भइसकेका छन् । हाल ६ सय ४ सक्रिय संक्रमितमध्ये होम आइसोलेसनमा ५ सय ५० जना छन् । सल्यान अस्पतालको आइसोलेसनमा २२ र संस्थागत आइसोलेसनमा ३२ जनाको मात्र उपचार भइरहेको छ ।

    जिल्लामा ३२ जनाको मृत्यु हुँदा होम आइसोलेसनमा रहेका ९ जनाले ज्यान गुमाएका जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ । जबकि संस्थागत आइसोलेसनमा तीन जनाले मात्रै ज्यान गुमाएका छन् । सामान्य अवस्था हुँदा घरै बस्न सुझाव दिने तर निगरानी नराख्नाले जोखिम बढेको छ । 

    नियमित औषधि  उपचार अभावमा होम आइसोलेसनका संक्रमितको ज्यान जोखिममा पर्दै गएको हो । जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रदेखि टाढाका बस्तीमा चिकित्सक र स्वास्थ्यकर्मी पनि पुग्न नसक्ने अवस्था छ ।  

    प्रकाशित मिति :जेठ ७ २०७८ शुक्रवार - १६:२५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij